प्रहरीलाई मेयर शाहको आग्रह : बाटो मिचेर बनाइएका संरचना हटाऔं

काठमाडौँ, २५ चैत । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले नेपाल प्रहरीलाई महानगरभित्र बाटो मिचेर बनाइएका संरचना हटाउन आग्रह गरेका छन् ।

शनिबार सामाजिक सञ्जालमार्फत उनले मेयर शाहले कानुन कार्यान्वयन गर्ने जिम्मेवारी पाएको प्रहरीले नै बाटो मिचेर आफ्नो संरचना बनाउनु गलत भएको बताएका छन् । शाहले काठमाडौं महानगरभित्र अवैध ढंगले बनाइएको प्रहरी संरचनाका तस्बिहरु पनि पोष्ट गरेका छन् ।

उनले भनेका छन् : ‘कानुन कार्यान्वयन गर्ने नेपाल प्रहरीले नै बाटो मिचेर आफ्नो संरचना बनाउँछ भने त्यो गलत हुन्छ । त्यो संरचना प्रहरी आफैले हटाउनुहोला । नत्र समतामुलक कानुनको प्रयोगको लागि पनि हामी ती संरचना हटाउन बाध्य हुनेछौँ ।’

फुटपाथ सँधै मान्छे हिड्नका लागि प्रयोग हुनुपर्छ भनेर आफूहरुले  त्यहाँ व्यापार गर्न रोकेको बताउँदै उनले यो नियम सर्वसाधारणका लागि मात्रै नभई सबैका लागि लागू हुनुपर्नेमा जो दिएका छन् । मेयर शाहले विदेशी राजदूतावास र नियोगका हकमा पनि सम्बन्धित मन्त्रालयमा पत्राचार गरिसकिएको जानकारी दिएका छन् ।  ‘राजदूतावास लगायत विदेशी नियोगका हकमा पनि हामीले सम्बन्धित मन्त्रालयलाई काम अगाडि बढाइदिन पत्राचार गरिसकेका छौँ ।  कानुन सर्वसाधारण नागरिकका लागि र अरुका लागि अलग्गै हुन्न भन्ने तथ्य स्थापित गर्न हामी तयार हुनुपर्छ । तयार बनौँ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ११ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार

काठमाडौँ, १० असार । भक्तपुर नगरपालिका-९ ब्रम्हायणीमा आइतबार साँझ चोरी भएको छ । प्रहरीका अनुसार सो ठाउँमा डेरा गरी बस्ने

काठमाडौँ, १० असार । आगामी २३ कात्तिकदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने भएको छ । विमानस्थल कार्यालयले धावनमार्ग