किसानलाई दूधमा प्रतिलिटर दुई रुपैयाँ अनुदान

झापा, २५ चैत । कोशी प्रदेश सरकारले दूध उत्पादन गर्ने ६ जिल्लाका दुग्ध उत्पादन गर्ने किसानलाई प्रतिलिटर  दुई रुपैयाँका दरले दिने अनुदान प्रदान गरेको छ ।

स्थानीय तथा ग्रामीण क्षेत्रमा भैँसी तथा गाईपालन गरेर दूध उत्पादन गर्दै आएका किसानलाई प्रोत्साहन र उत्पादन वृद्धिका लागि दूधमा प्रतिलिटर दुई रुपैयाँका दरले अनुदान रकम प्रदान गरिएको हो । हिजाे नवयुग दुग्ध सङ्कलन तथा वितरण केन्द्र इनरुवा–५ बलाहामा कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले किसानलाई अनुदान रकम प्रदान गर्नुभएकाे हाे । 

डेरीमा प्राप्त दूधको विवरण अनुसार अनुदान रकम प्रदान गरिएको नवयुग दुग्ध सङ्कलन तथा वितरण केन्द्रका सञ्चालक गोविन्द पोखरेलले बताउनु भयाे । केन्द्रमा दूध दिने दुई सय किसानलाई अनुदान रकम हस्तान्तरण गरिएको उहाँले बताउनुभयो । ग्रामीण क्षेत्रमा भैँसी तथा गाईपालन गरेर दूध उत्पादन गर्दै आएका किसानलाई प्रोत्साहन र उत्पादन वृद्धिका लागि प्रदेश सरकारले चालु आवमा १२ करोड ५० लाख रुपैयाँ रकम अनुदानका लागि विनियोजन गरेको छ ।

कोशी प्रदेशका झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा र इलामका चिस्यान केन्द्र, डेरी तथा सहकारीका माध्यमबाट किसानलाई अनुदान दिइने कार्यक्रम रहेको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयका प्रमुख सचिव मेघनाथ तिमिल्सिनाले बताउनुभयो । जिल्लाका भेटेरिनरी अस्पतालबाट सूचना नै जारी गरेर दूध सङ्कलन गर्ने संस्थासँग आवेदन माग गरेको र आवेदनबाट सुनसरीको हकमा १८ संस्था छनोटमा परेकाले त्यही संस्थामार्फत् किसानको तथ्याङ्क सङ्कलन गरेर उनीहरुलाई अनुदान रकम वितरण गरिएको हाे । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ जेठ । दाङमा जुवातास खेलिरहेको अवस्था ८ जना पक्राउ परेका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका-६ गुम्राहचोक डेरा गरी बस्ने

काठमाडौँ, १ जेठ । बझाङमा १६ वर्षीया बालिका बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार

फाइल फोटो काठमाडौँ, १ जेठ । रातो मच्छिन्द्रनाथको रथ जेठ १५ गते लगनखेलको थती टोलबाट जावलाखेल लगिने भएको छ ।

वीरगञ्ज, १ जेठ । अत्यधिक गर्मीका कारण वीरगञ्ज महानगर क्षेत्रका विद्यालयमा बिहान पठनपाठन प्रारम्भ भएको छ ।  वीरगञ्ज महानगरको निर्णयअनुसार