जलेश्वर कारागारका कैदी अस्पतालकाे झ्याल फाेरेर फरार

महाेत्तरी, २५ चैत । महोत्तरीको जलेश्वर कारागारका एक कैदी आज शुक्रवार दिउँसो अस्पतालबाट फरार भएका छन् ।

जलेश्वर कारागारका कैदी जिल्लाकै लोहारपट्टी नगरपालिका–९ खुट्टापिपराढी बस्ने २३ वर्षीय कृष्ण यादव जनकपुरमा रहेकाे आर्य अस्पतालबाट फरार भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलिपकुमार गिरीले जानकारी दिनुभयाे ।

गोडामा समस्या आएर पाँच कैदीका साथ उपचारका लागि जनकपुर गएका कैदी यादव अस्पतालको झ्याल फाेरेर फरार भएका थिए । धनुषाको जनकपुर उपमहानगरपालिका–८ बस्ने अर्जुन साहको हत्या गरेको आरोपमा २०७९ साल भदौ २५ गतेदेखि उनी पुर्पक्षका लागि कारागारमा थिए । फरार कैदी यादवको महोत्तरी र धनुषाका संयुक्त प्रहरी टोलीले खोजी गरिरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ चैत । आज सेयर बजार परिसूचक नेप्से ५८.०५ अंकले घट्दा परिसूचक २५८२.७३ अंकमा झरेको छ । आज बजारमा

काठमाडाैँ, १२ चैत । आइएमई ग्रुप र आईएक्सआई कर्पले रोजगार बजारमा दक्ष जनशक्तिको माग पुरा गर्न काठमाडाँै टेक्निकल स्कुल सञ्चालनमा

काठमाडौँ, १२ चैत । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी माल्दिभ्स पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर मध्यपुर थिमी

काठमाडौँ, १२ चैत । काठमाडौँ महानगरपालिका-११ किमारी मार्गमा सोमबार लाखौँ रुपैयाँ बराबरको चोरी भएको छ । नेपाल प्रहरीका अनुसार बुद्धिमान