विधेयकमाथि अनलाइनबाटै सुझाव दिन पाइने

काठमाडौँ, २५ चैत । संसद् सचिवालयमा दर्ता भएको विधेयकमा नागरिकले अब अनलाइन माध्यमबाटै सुझाव तथा प्रतिक्रिया दिन पाउने भएका छन् ।

संघीय संसद् सचिवालयले यस्तो अभ्यासलाई नियमित र प्रभावकारी बनाउन शुक्रबारदेखि तीनवटा विधेयकमा पथप्रदर्शी अभ्यास सुरु गरेको छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले तत्काल तीनवटा विधेयकमाथि जनताको राय मागिएको जानकारी दिनुभयो । संघीय संसद् सचिवालयको वेबसाइटमा गएर जनताले आफूलाई लागेको सुझाव दिन पाउनेछन् ।

सचिवालयले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक, संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९ माथि सुझाव मागेको हो । उक्त विधेयकमाथि कुनै सुझाव भए सात दिनभित्र बुझाउन समयसीमा दिइएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ३ असार । युरो कपको खेलअघि जर्मनीको ह्याम्बर्गमा प्रहरीलाई बञ्चरोले हानेर मार्ने धम्की दिने एक व्यक्तिमाथि प्रहरीले गोली चलाएको

एजेन्सी, २ असार । इजरायलको आक्रमणका कारण प्यालेस्टाइनको गाजापट्टीका छ लाख जनाभन्दा धेरै बालबालिका शिक्षाबाट वञ्चित भएका छन् । संयुक्त राष्ट्र

एजेन्सी, २ असार । विश्वका सबैभन्दा ठूला अर्थतन्त्र भएका सात मुख्य देशको समूह जी–सेभेनको अर्को शिखर सम्मेलन क्यानडामा हुने भएको छ

एजेन्सी, १ असार । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको युद्ध रोक्न दुई वटा सर्त राख्नुभएको छ । युक्रेनले डोनेट्स्क, लुहानस्क, खेरसन