एनआईसी एशिया बैंकका ग्राहकलाई केसर स्वीट्समा १० प्रतिशत छुट

काठमाडौँ, २४ चैत । एनआईसी एशिया बैंकका ग्राहकले काठमाडौंस्थित पशुपति प्लाजामा अवस्थित केसर स्वीट्स एण्ड फुड्समा छुट पाउने भएका छन् ।  विभिन्न मिठाईका परिकारहरु खरिद गर्दा १० प्रतिशत छुट उपलब्ध गराउने समझदारी भएको हो । 
 सो सम्बन्धी समझदारीपत्रमा बैंकको तर्फबाट लाइफ स्टाइल बैंकिङ्ग युनिभर्स प्रमुख श्याम प्रसाद लामिछाने र केसर स्वीट्स एण्ड फुड्सको तर्फबाट सह–संस्थापक प्रिया तयालले हस्ताक्षर गरे । 

पछिल्लोपटक डिजिटल कारोबारमा ग्राहकहरूको बाक्लो उपस्थितिलाई मध्यनजर गर्दै बैंकले यस्ता सम्झौता गर्दै आएको छ । जसअनुसार बैंक खाता सञ्चालन गरेर मोबाइल बैंकिङ्ग, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गरिरहेका ग्राहक एवं बैंकका कर्मचारीहरूले केसर स्वीट्स एण्ड फुड्समा विभिन्न मिठाईका परिकारहरु खरिद गरी डिजिटल माध्यमबाट भुक्तानी गर्दा उक्त छुट प्राप्त गर्न सक्नेछन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । भक्तपुर नगरपालिका-९ ब्रम्हायणीमा आइतबार साँझ चोरी भएको छ । प्रहरीका अनुसार सो ठाउँमा डेरा गरी बस्ने

काठमाडौँ, १० असार । सशस्त्र प्रहरी बलका १८ जना एसपी र २ सय ३७ जना डीएसपीहरुलाई सरुवा गरिएको छ ।

काठमाडौँ, १० असार । सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी

काठमाडौँ, १० असार । बर्दियामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार गेरुवा गाउँपालिका–३