आइपिओ निष्कासन गर्दै मेन्छियाम हाइड्रोपावर

काठमाडौँ, २४ चैत । मेन्छियाम हाइड्रोपावरले सर्वसाधारणको लागि वैशाख ४ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ । 

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आइपिओ निष्कासन गरी सकेपछि सर्वसाधारणको लागि निष्कासन गर्ने भएको हो । कम्पनीले जारी पुँजी ५४ करोड २५ लाख ८३ हजार ३०० रुपैयाँको ३० प्रतिशतले हुने आउने १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको १६ लाख २७ हजार ७५० कित्ता सेयर निष्कासनमा ल्याउन लागेको हो। 

जसमध्ये १० प्रतिशत अर्थात् ५ करोड ४२ लाख ५८ हजार ३०० रुपैयाँ बराबरको ५ लाख ४२ हजार ५८३ कित्ता आइपिओ आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि छुट्याएकोमा ५ लाख ५ हजार ७८० कित्ता सेयर मात्रै स्थानीयमा वितरण भएको कम्पनीले बताएको छ। जारी पुँजीको २० प्रतिशत अर्थात् १० करोड ८५ लाख १६ हजार ७०० रुपैयाँ बराबरको १० लाख ८५ हजार १६७ कित्ता सेयरमध्ये १ करोड ८ लाख ५१ हजार ७०० रुपैयाँ बराबरको १ लाख ८ हजार ५१७ कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि बिक्री गरीसकेको छ। 

यस्तै २ प्रतिशत अर्थात् २२ हजार ४३९ कित्ता कर्मचारीहरूलाई र ५ प्रतिशत अर्थात् ५६ हजार ९९ कित्ता सामुहिक लगानीकोषलाई सुरक्षित गरी बाँकी रहेको ९ लाख ३४ हजार ९१५ कित्ता सेयरको लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।उक्त आइपिओमा वैशाख ७ गतेसम्म आवेदन दिन सकिन्छ। सो अवधिमा सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा वैशाख १९ गतेसम्म आवेदन दिने समय लम्बिनेछ।

कम्पनीको आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । भक्तपुर नगरपालिका-९ ब्रम्हायणीमा आइतबार साँझ चोरी भएको छ । प्रहरीका अनुसार सो ठाउँमा डेरा गरी बस्ने

काठमाडौँ, १० असार । सशस्त्र प्रहरी बलका १८ जना एसपी र २ सय ३७ जना डीएसपीहरुलाई सरुवा गरिएको छ ।

काठमाडौँ, १० असार । सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी

काठमाडौँ, १० असार । बर्दियामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार गेरुवा गाउँपालिका–३