काठमाडौँ, २४ चैत । आज बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १० हजारमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ९ हजार ५ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रतितोला १४ सय ४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।