पोखरीमा डुबेर एक किशोरको मृत्यु

सर्लाही, २४ चैत । सर्लाहीको ईश्वरपुरमा पौडी खेल्ने क्रममा एक किशोरको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार ईश्वरपुर नगरपालिका–३ भक्तिपुरका बलिराम बरहीका १५ वर्षीय छोरा भुवन रहेका छन् । उनको स्थानीय पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

बुधबारदेखि हराइरहेका किशोरको शव बिहीबार साँझ पोखरीमा डुबेको अवस्थामा फेला परेको हो । बुधबार दिउँसो एक्लै साइकल चढेर घरबाट निस्किएका भुवन रातिसम्म घर नफर्किएपछि अभिभावकले प्रहरीलाई जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । भक्तपुर नगरपालिका-९ ब्रम्हायणीमा आइतबार साँझ चोरी भएको छ । प्रहरीका अनुसार सो ठाउँमा डेरा गरी बस्ने

काठमाडौँ, १० असार । सशस्त्र प्रहरी बलका १८ जना एसपी र २ सय ३७ जना डीएसपीहरुलाई सरुवा गरिएको छ ।

काठमाडौँ, १० असार । सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी

काठमाडौँ, १० असार । बर्दियामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार गेरुवा गाउँपालिका–३