प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ, २४ चैत । प्रतिनिधि सभाको बैठक आज बस्दै छ ।

बैठक दिउँसो १ बजे बानेश्वरस्थित संघीय संसद भवन बस्नेछ । संघीय संसद सचिवालयले प्रकाशित गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, २०७८/०७९’ पेश गर्ने कार्यतालिका रहेको छ ।

यसैगरी, आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७८ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । असार लागेसँगै केही स्थानमा मनसुन सक्रिय हुन थालेको छ । वर्षाका कारण केही जिल्लामा बाढीपहिरो पनि आएको

काठमाडौँ, ११ असार । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी आर्थिक वर्षमा कुल विद्युत उत्पादन ४५ सय मेगावाट पुर्‍याउने

काठमाडौँ, ११ असार । भारतीय योगगुरु रामदेवको पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीले हदबन्दी छुट पाएको जग्गाको विवरण उपलब्ध गराउन संसदीय

काठमाडौँ, ११ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस