नेपालमा दैनिक १९ आत्महत्या

काठमाडौँ, २४ चैत । नेपालमा पछिल्लो चार वर्ष अर्थात ४८ महिनामा २६ हजारभन्दा बढीले आत्महत्या गरेका छन् । यो तथ्यांकले दैनिक औसतमा १७ जनाभन्दा धेरैले आत्महत्या गरेको देखाउँछ । पछिल्ला केही वर्षमा भने यो संख्या दैनिक १९ सम्म पनि पुगेको छ ।

प्रहरी प्रधान कार्यालयको तथ्यांकले अनुसार आर्थिक वर्ष ०७७/७८ मा ७ हजार १४१ जनाले आत्महत्या गरेका छन् । यो दैनिक १९ जनाभन्दा बढी हो । आर्थिक वर्ष ०७८/७९ को सोही अवधिमा ६ हजार ८३० आत्महत्याका घटना भएका थिए । यो दैनिक १८ जनाभन्दा धेरै हो ।

आर्थिक वर्ष ०७६/०७७ मा ६ हजार २५२ जनाले आत्महत्या गरेको पाइएको छ । आर्थिक वर्ष ०७५/०७६ मा ५ हजार ७८५ जनाले आत्महत्या गरेका छन् । चालु आर्थिक वर्षको ६ महिनामा भने ३ हजार १६४ जनाले आत्महत्या गरेको देखिन्छ । प्रहरीकै तथ्यांकअनुसार झुन्डिएर आत्महत्या गर्ने बढी छन् । यसबाहेक खोलामा हामफालेर, विषादी सेवन गरेर पनि आत्महत्या गर्ने बढी छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । बैतडीको सुर्नया गाउँपालिकाको वडा ७ र ८मा ठेउला सङ्क्रमण फैलिदा बालबालिका प्रभावित भएका छन् ।  

काठमाडौँ, ३ असार । बाढी पहिरोका कारण सबैभन्दा बढी प्रभावित अरनिको राजमार्ग भएको छ । सडक विभागले आज  बिहान ८

पाल्पा, ३ असार । पाल्पाको पूर्वखोला गाउँपालिका–५, वीरकोट सेफतमा सोमबार बेलुकी भएको जिप दुर्घटनामा मृत्यु भएका थप एकजनाको सनाखत भएको

काठमाडौँ, ३ असार ।औपचारिक क्षेत्रमा कार्यरत श्रमिकको न्यूनतम पारिश्रमिक पुनरवलोकन गर्न गठित समितिले श्रमिकको पारिश्रमिक पुनरवलोकन गर्ने गरी तयारी थालेको