बजेटजस्तै साझा कार्यक्रम

काठमाडौँ, २४ चैत । सत्ता गठबन्धनले वार्षिक कजेटमा जस्तै कार्यक्रम राखेर साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेको छ । वार्षिक बजेटमा कार्यक्रम, त्यसका लागि गरिने खर्च र आवश्यक स्रोतको त्रिपक्षीय व्यवस्था मिलाइएको हुन्छ ।

यो साझा न्यूनतम कार्यक्रममा भने बजेटमा जस्तै यो र त्यो गरिने छ भन्दै कार्यक्रमको फेहरिस्त समेटिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहालगायत शीर्ष नेताको उपस्थितिमा साझा कार्यक्रम सार्वजनिक गरिएको हो ।

यसमा चालु बजेटमा रहेका अधिकांश कार्यक्रम राखिएका छन् भने बजेटकाहेब केही नौला कार्यक्रम पनि समेटिएका छन् । तर, ती सबै आआफ्ना दलले निर्वाचनका बेला सार्वजनिक गरेका बाचामात्र हुन् । यो कार्यान्वयन भन्दा पनि हामीले साझा न्यूनतम कार्यक्रम बनाएका छौं भन्नलाई मात्र सार्वजनिक गरिएको हो । यो समाचार आजको कारोबार दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ फागुन । रोल्पाको माडी गाउँपालिका–५ मा जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय

काठमाडौँ, १ फागुन । सुनसहित दुई भारतीय नागरिकलाई प्रहरीले नागढुंगाबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार भारत महाराष्ट्रका

काठमाडौँ, १ फागुन । सिन्धुलीमा भैँसीले हान्दा एकजनाको मृत्यु भएको छ । वाग्मती प्रदेश प्रहरी कार्यालयका अनुसार सुनकोसी गाउँपालिका–३, नौबिसेका ७५

काठमाडौँ, १ फागुन । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा नवलपरासी पूर्व हुप्सेकोट गाउँपालिका–४