५६ वर्षअघि जिप गुडेका ठाउँमा ट्याक्टर गुड्न गाह्रो

उदयपुर, २४ चैत । उदयपुरको पुरानो सदरमुकामसमेत रहेको उदयपुरगढीमा ५६ वर्षअघि जिप गुड्थ्यो । जतिबेला अन्य भेगका मान्छेका लागि सवारीसाधन कस्तो हुन्छ ? समेत थाहा थिएन । २०२३ सालमै जिप कुदेको ठाउँमा अहिले ट्याक्टर पनि सजिलोसँग गुड्दैनभन्दा अचम्म लाग्छ । यथार्थ यही हो ।

यो ठाउँमा २०२३ सालमै पहिलोपटक जिप पुगेको थियो । सदरमुकाम भएको बेला पहिलोपटक सप्तरीको फत्तेपुर, गाईघाट, नेपालटार, सिराहाको गोदार, त्रिवेणी, अम्टाई, रिस्कु हुँदै त्यहाँ जिप पु¥याइएको थियो । उदयपुरगढीमा मोटर पुगेको गाडी पुगेको ५६ वर्ष बितिसक्दा समेत सडक बन्न सकेको छैन ।

नेपालटार बजारको मदन भण्डारी लोकमार्गदेखि ९ किलोमिटर दूरीमा रहेको उदयपुरगढीसम्म जाने सडकको स्तरोन्नत्ति हुन नसक्दा स्थानीयलाई समस्या छ । सडक स्तरोन्नत्तिका लागि प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रमअन्तर्गत १ चैत २०७७ मा समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । भक्तपुर नगरपालिका-९ ब्रम्हायणीमा आइतबार साँझ चोरी भएको छ । प्रहरीका अनुसार सो ठाउँमा डेरा गरी बस्ने

काठमाडौँ, १० असार । सशस्त्र प्रहरी बलका १८ जना एसपी र २ सय ३७ जना डीएसपीहरुलाई सरुवा गरिएको छ ।

काठमाडौँ, १० असार । सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी

काठमाडौँ, १० असार । बर्दियामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार गेरुवा गाउँपालिका–३