गठबन्धनले सभामुखलाई महाभियोग लगाउन सक्छन् : अध्यक्ष ओली

काठमाडौँ, २३ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धनले सभामुख देवराज घिमिरेविरुद्ध महाभियोग ल्याउन पनि सक्ने बताएका छन् ।

आज एमाले निकट पेसागत महासङ्घको महाधिवेशनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले वर्तमान गठबन्धन र सरकारले जे पनि गर्न सक्ने भन्दै कुनै लाज शरम नभएको बताए । उनले भने, ‘यिनीहरूले राष्ट्रपतिज्यूलाई महाभियोग लगाउन धेरै पल्ट खोजेका थिए, तर पार लागेन’, ‘अहिलेका सभामुखलाई पनि कुन दिन महाभियोग लगाउन बेर लाउँदैनन् ।’

उनले बहुमत नै गठबन्धनमा रहेकाले कुनै लाज शरम नमानी जेसुकै पनि गर्न सक्ने बताए । उनले विगतमा प्रधानन्यायाशीहरुमाथि पनि यही गठबन्धनले महाभियोग लगाएको बताए । ‘यिनीहरूले के गर्न हुन्छ, के हुँदैन भन्ने कुनै सीमा छैन’, ओलीको भनाइ छ । अध्यक्ष ओलीले गठबन्धनका नाममा जथाभाबी गर्न नदिने भन्दै एमाले राति पानी परेर उम्रेका टुसा नभएको बताए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । अवकाश प्राप्त निजामती कर्मचारी वा तिनका ‘नजिकका हकदार’ भ्रष्टाचारसहित नैतिक पतन जनिने कसुरमा दोषी ठहर भए

काठमाडौँ, ७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृङ्खला–२ का प्रतियोगीहरुले आज भेटघाट

विराटनगर, ७ वैशाख । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रवादी मिलेरै संविधानसभामार्फत संविधान घोषणा गरे पनि अहिले केही मिल्न नसकेको

काठमाडौँ, ७ वैशाख । अवकाश प्राप्त निजामती कर्मचारी भ्रष्टाचारलगायत नैतिक पतन हुने कसुरमा दोषी ठहर भए पनि पेन्सन सुविधा पाउने