कोरियाली प्रायद्वीपलाई आणविक युद्धतर्फ धकेलेको उत्तर कोरियाको आरोप

एजेन्सी, २३ चैत । कोरियाली प्रायद्वीपलाई अमेरिका र दक्षिण कोरियाले आणविक युद्धतर्फ धकेलेको आरोप उत्तर कोरियाले लगाएको छ । अमेरिका र दक्षिण कोरियाले गरेका संयुक्त सैन्य अभ्यासलाई लिएर प्योङयाङले उक्त आरोप लगाएको हो ।  संयुक्त सैन्य अभ्यास कोरियाली प्रायद्वीपको शान्ति र स्थायित्वका निम्ति जोखिमपूर्ण भएको र त्यसले आणविक युद्ध निम्त्याउन खोजेको सरकारी सञ्चारमाध्यम कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) ले जनाएको छ । 

अन्तर्राष्ट्रिय सुरक्षा विश्लेषक चो जु ह्योनले संयुक्त सैन्य अभ्यासले प्रायद्वीपको स्थितिलाई विष्फोटक बनाउने प्रयास गरेको केसीएनएलाई बताएका छन् । उत्तर कोरियाले पनि आक्रमक कारबाही गर्नसक्ने चेतावनी उनले दिएका छन् । अमेरिका र उसका सहयोगीहरूले सैन्य उन्माद प्रस्तुत गरेर कोरियाली प्रायद्वीपको शान्ति र स्थायित्वमाथि खेलवाड गरेको आरोप उनले लगाएका छन् । 

पाँच वर्षको अन्तरालमा हालै अमेरिका र दक्षिण कोरियाले गरेका विशाल संयुक्त सैन्य अभ्यासलाई उत्तर कोरियाले आफूमाथिको आक्रमणको पूर्वाभ्यास भन्दै त्यसको कठोर शब्दमा निन्दा गर्दै आएको छ ।  संयुक्त सैन्य अभ्यासको विरोधमा उत्तरले पनि शृङ्खलाबद्ध रूपमा साना–ठूला क्षेप्यास्त्रको परीक्षण जारी राख्यो । गत वर्ष ७० वटाभन्दा बढी क्षेप्यास्त्र परीक्षण गरेको प्योङयाङले यो वर्ष विभिन्न दश वटा परीक्षण कार्यक्रमअन्तर्गत कम्तीमा २० पटक ‘ब्यालेस्टिक’ र ‘क्रुज मिसाइल’ परीक्षण गरिसकेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ फागुन । हिमालय टिभीमा प्रसारण हुने सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा

काठमाडौँ, १ फागुन । चलचित्र ‘आ बाट आमा’ले नेपाली बक्सअफिसमा राम्रो कमाई गरिहेको छ । १४ दिनमा घरेलु बक्सअफिसमा सात करोड

काठमाडौँ, १ फागुन । वरिष्ठ कलाकार निर शाहले फिल्म ‘कमला मिस’ निर्देशन गर्ने भएका छन् । मनोवैज्ञानिक विषयवस्तुमा आधारित नयाँ

काठमाडौँ, १ फागुन । आजबाट तीनवटा चलचित्र प्रदर्शनमा आएका छन् । ‘श्री बुकुरो : द होम कलिङ’, ‘बिगुल’ र ‘शिवांश :