राष्ट्र बैंकले २० अर्ब रुपैयाँको रिपो जारी गर्दै

काठमाडौँ, २३ चैत । नेपाल राष्ट्र बैंकले बिहीबार चैत २३ गते रिपोमार्फत २० अर्ब रुपैयाँ तरलता प्रवाह गर्ने भएको छ ।

राष्ट्र बैंकले १४ दिन अवधिको रिपो जारी गर्न लागेको हो । बैंकले रिपोका लागि आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म बोलकबोल गर्नेछ । बोलकबोलमा बैंक तथा वित्तीय संस्था सहभागी हुन सक्नेछन् ।

केन्द्रीय बैंकका अनुसार जारी हुने यो रिपो आगामी वैशाख ७ गते परिपक्व हुनेछ । बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा केन्द्रीय बैंकले अल्पकालीन अवधिको तरलता प्रवाह गर्न केन्द्रीय बैंकले रिपो जारी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ वैशाख । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल सदैव आतंकवादको विपक्षमा रहेको र जुनसुकै प्रकार र प्रकृतिको आतंकवादको

बुटवल, १३ बैशाख । अन्तर्राष्ट्रिय सांस्कृतिक फेस्टिभल र सेमिनारको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी आएका छन् । नेपाल र

काठमाडौँ, १३ वैशाख । एमालेका तत्कालीन अध्यक्ष, नेपालका प्रथम कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको आज २६ औं स्मृति दिवस विभिन्न कार्यक्रम

काठमाडौँ, १३ वैशाख । पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोलको निधन भएको छ । नेपाली कांग्रेस काठमाडौंका पूर्व सभापति डंगोलको गए राति निधन भएको