मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु

काठमाडौँ, २३ चैत । ललितपुरको धोविघाटमा मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार धोबिघाट ओरालोमा प्रदेश–१–०३–००१ प १६६३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा नाम नखुलेका पुरुष पैदल यात्रुको मृत्यु भएको हो ।

मोटरसाइकल चालक कीर्तिपुर नगरपालिका–११ बस्ने २७ वर्षीय धनराज लिम्बुलाई पक्राउ गरिएको छ । मृतक ५ दशमलव ४ ईन्च उचाइ भएका, निलो टिसर्ट र खैरो ज्याकेट लगाएका मृतकको पहिचान हुन नसकेको प्रहरीको भनाई छ । मृतकको शव पाटन अस्पतालमा राखिएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ फागुन । रोल्पाको माडी गाउँपालिका–५ मा जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय

काठमाडौँ, १ फागुन । सुनसहित दुई भारतीय नागरिकलाई प्रहरीले नागढुंगाबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार भारत महाराष्ट्रका

काठमाडौँ, १ फागुन । सिन्धुलीमा भैँसीले हान्दा एकजनाको मृत्यु भएको छ । वाग्मती प्रदेश प्रहरी कार्यालयका अनुसार सुनकोसी गाउँपालिका–३, नौबिसेका ७५

काठमाडौँ, १ फागुन । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा नवलपरासी पूर्व हुप्सेकोट गाउँपालिका–४