मोटरसाइकल चोरी गर्ने तीनजना पक्राउ 

मोरङ, २३ चैत । मोटरसाइकल चोरी गर्ने दुई भारतीय नागरिकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरीका अनुसार १० गते मोरङस्थित मालपोत कार्यालय अगाडिबाट को २५ प १९४५ नम्बरको मोटरसाइकल चोरी गरको आरोपमा सुनसरीको देवान्गजन गाउँपालिका–३ का १८ वर्षीय राजकुमार यादव, भारतको अररिया लक्ष्मीपुरका २५ वर्षीय सुशिल कुमार यादव र भारतकै पोसदाह पञ्चायतका २५ वर्षीय शौरभ कुमार यादवलाई  पक्राउ गरेको हो । 

चोरी भएको उक्त मोटरसाइकलका धनी मोरङको बेलबारी नगरपालिका–४ का ६० वर्षीय बम बहादुर खवास हुन् ।  मोटरसाइकल चोरी गरी बिआर ३५८०२ उल्लेख भएको भारतीय नम्बर प्लेट राखेर चलाउँदै गरेको अवस्थामा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । कागजपत्र नहुन सक्ने आशंकामा चेकजाँच गर्दा चोरीको मोटरसाइकलमा नम्बर प्लेट परिवर्तन गरिएको प्रहरीले जनाएको छ । 

प्रहरीले चोरी गरी नम्बर प्लेट परिवर्तन गरिएको बिआर ३८ क्यु ८६५६ र बिआर ३८ टि ००२१ नम्बरको मोटरसाइकललाई पनि नियन्त्रणमा लिएको छ । पक्राउ परेका तीनै जनाविरूद्ध जिल्ला अदालत मोरङबाट पाँच दिनको म्याद थप गराई अनुसन्धान अगाडि बढाइएको छ ।   

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  ‘बकर इद (इद उल अजहा)’ ले सम्पूर्ण जातजाति तथा धर्मावलम्बीहरूमा एकताको सन्देश

काठमाडौँ, ३ असार । सभामुख देवराज घिमिरेले बकर इदजस्ता चाडले विविध धर्म संस्कृति मान्ने सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सामाजिक एकता

काठमाडौँ, ३ असार । कार्यवाहक राष्ट्रपति रामसहाय प्रसाद यादवले इस्लाम धर्मावलम्बीहरुको महान् पर्व ‘इद–उल–अज्हा’ (बकर इद), २०८१ को अवसरमा सम्पूर्ण

काठमाडौँ, २ असार । सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिको कार्यविधि पारित भएको छ । समितिका