सर्वोच्चले माग्यो रवि लामिछानेले अमेरिकी राहदानी त्यागेको प्रमाण

काठमाडौँ, २२ चैत । सर्वोच्च अदालतले रवि लामिछानेले अमेरिकी राहदानी त्याग गरेको प्रमाण माग गरेको छ ।

बुधबार न्यायाधीश हरि फुँयालको इजलासले रविले अमेरिकी राहदानी त्याग गरिसकेको भन्ने प्रमाणित हुने निस्सा अध्यागमन विभाग वा जिल्ला प्रशासन कार्यालय, काठमाडौं जहाँ भए पनि झिकाउन आदेश दिएको हो । रवि लामिछानेले अमेरिकी राहदानी त्याग नगर्दै नेपाली राहदानी लिएको र प्रयोग गरेको आरोप लागेको छ । उनले अमेरिकी नागरिकता र राहदानी कायम रहेको अवस्थामा खारेज भइसकेको नेपाली नागरिकता पेश गरेर नेपाली राहदानी लिएका थिए । सर्वोच्चले रविले अमेरिकी राहदानी त्याग गरेको प्रमाण नेपालको कुन कार्यालयमा पेश गरेका थिए भनेर माग गरेको हो ।

रविले खारेज भएको नेपाली नागरिकता पेश गरेर राहदानी लिनु गैरकानुनी भएको भन्दै उनीविरुद्ध प्रहरी र सरकारी वकिल कार्यालयमा उजुरी परेको थियो । तर ६ चैतमा महान्यायाधिवक्ता दिनमणि पोखरेलले रविविरुद्ध राहदानी विवादमा मुद्दा नचल्ने निर्णय गरेका थिए । महान्यायाधिवक्ताको निर्णय गैरकानुनी भन्दै सिन्धुलीका युवराज पौडेल सफलले उक्त निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा रिट दिएका थिए । उक्त रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले महान्यायाधिवक्ता कार्यालयलगायत विपक्षीसँग १५ दिनभित्र लिखित जवाफ माग गरेको छ । सर्वोच्चले यो मुद्दाको आगामी सुनुवाइमा नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले गत १३ मागमा गरेको फैसला पनि पेश गर्न आदेश दिएको छ ।

हेर्नुहोस् सर्वोच्चको आदेश

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  ‘बकर इद (इद उल अजहा)’ ले सम्पूर्ण जातजाति तथा धर्मावलम्बीहरूमा एकताको सन्देश

काठमाडौँ, ३ असार । जर्मनीको भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलको सम्मानमा जर्मनीको वर्लिनस्थित नेपाली राजदूतावासले आाइतबार स्वागत समारोह आयोजना गरेको छ

काठमाडौँ, ३ असार । कार्यवाहक राष्ट्रपति रामसहाय प्रसाद यादवले इस्लाम धर्मावलम्बीहरुको महान् पर्व ‘इद–उल–अज्हा’ (बकर इद), २०८१ को अवसरमा सम्पूर्ण

काठमाडौँ, २ असार । सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिको कार्यविधि पारित भएको छ । समितिका