विकासको नेतृत्वमा एमाले कहिले हार्दैनः पूर्वमन्त्री बस्नेत

भक्तपुर, २२ चैत । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले भक्तपुरको विकासको नेतृत्व एमालेले मात्र गर्ने उद्घोष गर्नुभएको छ ।

गत आर्थिक बर्षमा संघीय सरकारद्वारा उपत्यका सडक विस्तार आयोजनाबाट स्वीकृत कार्यक्रम अन्तर्गत सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डू खहरे पाथीभरा खण्डमा सडक विस्तार, स्तरोन्नती तथा कालोपत्रे कार्यको लागि विधिवत् रुपमा आज शिलान्यास गरी काम शुभारम्भ कार्यक्रममा बोल्दै नेता बस्नेतले भक्तपुरको विकासको नेतृत्व एमालेले निरन्तर गरिरहने बताउनुभयो । जनताको विकास प्रति आफु र एमाले दत्तचित्त भएर लाग्ने प्रतिवद्धता जनाउँदै उहाँले विकास रोकेर, जनतालाई दुःख दिएर नेता हुन नसकिने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘जुन तरिकाले भक्तपुरको विकासको बजेट रोक्ने कार्य भइरहेको छ, त्यो सफल हुन दिँदैनौं । जनताको चाहना र आवश्यकता पुरा गर्नेछौं । विकासको नेतृत्वमा हामीले हार्न जानेका छैनौं, विकासको नेतृत्व निरन्तर गर्छौ । एमाले सरकार आए गुण्डुका यातायात कार्यालय बन्ने तर एमाले सरकारबाट बाहिरिने वित्तिकै उक्त कार्यालय नबनाउने कांग्रेसले खेल खेलिरहेको छ ।’

विकास भक्तपुर नगरपालिकामा मात्र हुने नभई जिल्लाका सवै नगरपालिकामा हुनुपर्ने उल्लेख गर्दै उहाँले काइते तरिकाले विकासको विरोध नगर्न कांग्रेसलाई चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, ‘रंगशाला, कर्वोड हल, हनुमन्ते करिडोर, प्राणी उद्यान केन्द्र, मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुर क्यान्सर सेन्टर, आधुनिक सभागृह, स्मार्ट सिटी, आधुनिक वीर अस्पताललगायतका ठूला आयोजनाहरु गठबन्धन सरकारले रोकेको छ । विकास रोकेर, जनतालाई दुःख दिएर नेता हुन सकिदैन ।’

केपी ओली नेतृत्वको सरकारले सडकको १५ मिटर चौडाई भएको उक्त सडकमा ४ करोड बजेट विनियोजित गरेता पनि सरकार परिवर्तनसँगै ८० लाख रकम मात्र आएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘भक्तपुरमा कही कतै विकास हुन्छ भने त्यो एमालेले ल्याएको बजेटको मात्र हो । कुनै भ्र्रममा पर्नुपर्ने छैन । म कानुन बनाउन गएको हो, कानुन बनाउँछु । मैले विकास गर्ने हैन भन्छ भने त्यो असक्षम हो । जनताको विकास र समृद्धिको चाहनालाई कुठाराघात गर्ने जनप्रतिनिधि हो ।’

प्राणी उद्यानको मूख्य सडकको रुपमा रहने उल्लेख गर्दै उहाँले हनुमन्ते नदीको करिडोर निर्माणमा भ्रष्टाचार भयो भनि जनतालाई भ्रम छर्ने कांग्र्रेस माओवादीले कांक्रा आफुले खाएर वियाँ चाही अर्काको निधारमा टाँसीदिएको जस्तो मात्र भएको भन्दै आक्रोस जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । तनहुँमा जंगली च्याउ खाँदा तनहुँमा ५ जना बिरामी परेका छन् ।  जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार आँबुखैरेनी

काठमाडौँ, ३ असार । पृथ्वी राजमार्गको मुग्लिन–मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा राजमार्ग अवरुद्ध बनेको

काठमाडौँ, ३ जेठ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्रअर्थात्

काठमाडौँ, ३ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस