२० जना जुवाडे पक्राउ

काठमाडौँ, २२ चैत । काठमाडौँको टोखा नगरपालिका-३ का ३९ वर्षीय युवराज कँडेलको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख १३ हजार ७ सय रुपैयाँ र ६ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

काठमाडौँ महानगरपालिका-१६ बोहोराटारस्थित पुरानो सामुदायिक भवनमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३८ वर्षीय राजन बोहरा समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २५ हजार ५ सय रुपैयाँ र २ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै सर्लाही, लालबन्दी नगरपालिका-१७ रानिगंज डाँडा टोल नजिक रहेको आँपको बगैचामा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१७ बस्ने ६० वर्षीय बेचु बम्जन समेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४४ हजार ३ सय ४० रुपैयाँ र १२ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । -न्युज कारखाना

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दै छ ।  बिहान ११ बजेका लागि बोलाइएको  बैठकमा बैठकमा विनियोजन विधेयकमाथिको

काठमाडौँ, १० असार । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसभित्रको फोहोर सफा गर्न आवश्यक रहेको बताएका छन् ।  आज काठमाडौँमा

काठमाडौँ, १० असार । चीनका उपविदेशमन्त्री सुन वेइदोङ तीनदिने नेपाल भ्रमणको सिलसिलामा आज बिहान नेपाल आइपुगेका छन् । उनी नेपाल–चीन कूटनीतिक

काठमाडौँ, १० असार । आजको प्रतिनिधि सभाको बैठक ११ बजेदेखि सुरु भएको छ प्रत्यक्ष प्रसारण (LIVE)