कार्यव्यवस्था परामर्श समितिमा २१ जनाको प्रतिनिधित्व हुने

काठमाडौँ, २२ चैत । प्रतिनिधि सभा बैठक सञ्चालनको तयारीका लागि बस्ने कार्यव्यवस्था परामर्श समिति सदस्यको टुङ्गो लागेको छ । 

आज सिंहदरबारमा बसेको सभामुख, उपसभामुख, संसदमा प्रतिनिधित्व गर्ने दल लगायतको बैठकले सदस्य संख्या निश्चित गरेको हो । 

जसअनुसार कार्यव्यवस्था परामर्श समितिमा २१ सदस्य सहभागी हुनेछन् । सभामुख, उपसभामुख, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री रहनेछन् । 

यस्तै संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई उनीहरुले पाएको सिट संख्याको आधारमा सदस्य संख्या निर्धारण गरिएको छ । नेपाली कांग्रेसबाट ६ सदस्य, एमालेबाट ५, माओवादी केन्द्रबाट २ सदस्य कार्यव्यवस्था परामर्श समितिमा जान पाउनेछन् । यस्तै रास्वपा, राप्रपा, जसपा नेपाल, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति पार्टी, १ सिट भएका पार्टीबाट र स्वतन्त्र समेतको १ सदस्य भाग लिन पाउनेछन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । तनहुँमा जंगली च्याउ खाँदा तनहुँमा ५ जना बिरामी परेका छन् ।  जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार आँबुखैरेनी

काठमाडौँ, ३ असार । पृथ्वी राजमार्गको मुग्लिन–मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा राजमार्ग अवरुद्ध बनेको

काठमाडौँ, ३ जेठ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्रअर्थात्

काठमाडौँ, ३ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस