काठमाडौँ, २२ चैत । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गराएर उनी घर फर्किएका छन् ।
यही चैत १८ गते पेटको समस्या भएर अस्पतल भर्ना भएका पौडेल तीन दिनपछि डिस्चार्ज भएर शीतलनिवास फर्किएका राष्ट्रपतिको सचिवालयले जनाएको छ ।