रेडक्रसको विवाद समाधान गर्न सभामुखको आग्रह

काठमाडौँ, २२ चैत । सभामुख देवराज घिमिरेले नेपाल रेडक्रस सोसाइटीको विवाद समाधान गर्न आग्रह गरेका छन् ।

विवाद समाधानका लागि काठमाडौँ आएकी अन्तर्राष्ट्रिय रेडक्रस प्रतिनिधि क्रिष्टिना कुम्पुला नेतृत्वको प्रतिनिधि मण्डलसँग बुधबार भएको भेटमा सभामुख घिमिरेले विवाद समाधान गरेर समाजसेवामा क्रियाशील हुन आग्रह गरेका हुन् । ‘विपत्, महामारीका समयमा पनि नेपालमा रेडक्रसले राम्रो भूमिका खेलेको छ,’ सभामुख घिमिरेले भने,‘तर आन्तरिक विवाद छिटो भन्दा छिटो समाधान हुन आवश्यक छ ।’

सभामुख घिमिरेले रेडक्रसको केन्द्र र कतिपय जिल्लाहरुमा समयमा निर्वाचन नभएको भन्दै अन्तर्राष्ट्रियरुपमा नै ख्याती कमाएको संस्था अपारदर्शिताबाट टाढै बस्नुपर्नेमा जोड दिए । अन्तर्राष्ट्रिय रेडक्रसकी नेपाल प्रतिनिधि क्रिष्टिना कुम्पुलाले रेडक्रस ऐनबारे जिज्ञासा राखेकी थिइन् । आफू नेपाल आउनुको उद्देश्य पनि यहाँको विवाद समाधान नै रहेको बताउँदै उनले जवाफदेहिता र पारदर्शितामा सम्झौता नहुने बताइन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । भक्तपुर नगरपालिका-९ ब्रम्हायणीमा आइतबार साँझ चोरी भएको छ । प्रहरीका अनुसार सो ठाउँमा डेरा गरी बस्ने

काठमाडौँ, १० असार । सशस्त्र प्रहरी बलका १८ जना एसपी र २ सय ३७ जना डीएसपीहरुलाई सरुवा गरिएको छ ।

काठमाडौँ, १० असार । सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी

काठमाडौँ, १० असार । बर्दियामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार गेरुवा गाउँपालिका–३