एजेन्सी, २२ चैत । गान्तोकको नाथुला सडक खण्डमा गएको हिमपहिरोमा सातजनाको मृत्यु भएको छ । जसमा तीन नेपाली रहेका छन् ।
मृत्यु हुने नेपालीमा चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल रहेका छन् । रुपन्देहीकी मुना शाह श्रेष्ठको पनि उक्त हिमपहिरोमा पुरिएर मृत्यु भएको इन्डियन एक्सप्रेसले जनाएको छ ।
मृत्यु हुने अन्यमा भारतको कोलकाता, उत्तरप्रदेश र पश्चिम बंगालका रहेका छन् । मंगलबार दिउँसो जवाहरलाल नेहरु सडकमा हिमपहिरो गएको थियो । हिमपहिरोमा परेका १४ जनालाई उद्धार गरेर अस्पतालमा लगिएको थियो । जसमध्ये सातजनाको मृत्यु भएको हो ।