सभापति लामिछानेको राहदानी प्रकरणको सुनवाइ आज

काठमाडौँ, २२ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको दोहोरो राहदानी विवादमा मुद्दा नचलाउने निर्णयविरुद्ध परेको रिटमा बुधबार सुनुवाई हुने संभावना छ ।

लामिछानेविरुद्ध पासपोर्टसम्बन्धी सर्वोच्च अदालतमा परेको मुद्दा चलाउन नपर्ने भन्दै महान्यायाधिवक्ता दिनमणि पोखरेलले गरेको निर्णयविरुद्ध अधिवक्ता युवराज पौडेल (सफल)ले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

मंगलबारका लागि पेशी तोकिए पनि न्यायाधीश अनिलकुमार सिन्हाले मुद्दा हेर्न नमिल्ने भएपछि सुनुवाई बुधबारका लागि सारिएको थियो । न्यायाधीश सिन्हाले संवैधानिक इजलासमा लामिछानेको नागरिकता विवादको सुनुवाइमा संलग्न रहेकाले राहदानी प्रकरणमा सुनुवाई नगर्ने बताउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । भक्तपुर नगरपालिका-९ ब्रम्हायणीमा आइतबार साँझ चोरी भएको छ । प्रहरीका अनुसार सो ठाउँमा डेरा गरी बस्ने

काठमाडौँ, १० असार । सशस्त्र प्रहरी बलका १८ जना एसपी र २ सय ३७ जना डीएसपीहरुलाई सरुवा गरिएको छ ।

काठमाडौँ, १० असार । सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी

काठमाडौँ, १० असार । बर्दियामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार गेरुवा गाउँपालिका–३