सभापति लामिछानेविरुद्ध तीन जनाको दाबी विरोध, एक उजुरी

काठमाडौँ, २१ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध तीन जनाको दाबी विरोध र एक उजुरी परेको छ । 

सोमबार भएको उम्मेदवारी दर्ताविरुद्ध चितवन २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका लामिछानेविरुद्ध मंगलबार तीन जनाले उम्मेदवार बन्न अयोग्य रहेको भन्दै दाबी विरोधको सूचना दर्ता गरेका हुन् । दाबी विरोधको सूचना दिनेमा स्वतन्त्र उम्मेदवार शिव बहादुर सुवेदी, सुवास थापा र राजमो उम्मेदवार जनकराज थापाका प्रतिनिधि डम्बर पुरी रहेका छन् ।

त्यस्तै उजुरी दिनेमा युवराज सफल रहेका छन् । लामिछानेविरुद्धको उजुरीबारे निर्णयका लागि स्पष्टीकरण सोध्दै निर्वाचन आयोगमा पठाएको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । भारतीय योगगुरु रामदेवको पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीले हदबन्दी छुट पाएको जग्गाको विवरण उपलब्ध गराउन संसदीय

काठमाडौँ, ११ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ११ असार । मुलुकका ६ वटै महानगरपालिका काठमाडौं, ललितपुर, विराटनगर, वीरगन्ज, भरतपुर र पोखराले सोमबार आगामी आर्थिक वर्ष ०८१/८२ को

काठमाडौँ, १० असार । धितोपत्र दोस्रो बजार नेप्से परिसूचक ३.२१ अंकले बढेको छ । नेप्से परिसूचक ०.१५ प्रतिशतले बढेर सोमबार