‘शून्य सहनशीलता’को नीति अवलम्बन गर्न सशस्त्र प्रहरीलाई मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौँ, २१ चैत । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राज्यको अब्बल सुरक्षा निकायको रूपमा सशस्त्रले आफ्नो पहिचान स्थापित गरेको बताउनुभएको छ ।

मंगलबार सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हलचोकको निरीक्षण गर्दै उपप्रधानमन्त्री श्रेष्ठले नागरिकको जिउधन, सीमा सुरक्षा, राजस्व र औद्योगिक सुरक्षामा अहोरात्र खटिएर सशस्त्रले सराहनीय काम गरेको उल्लेख गर्नुभयो । मन्त्री श्रेष्ठ बदलिँदो परिवेशमा सशस्त्रको ऐन र नियम पुनरावलोकन गर्ने बताउनुभयो । आर्थिक अनुशासनमा ‘शून्य सहनशीलता’को नीति अवलम्बन गर्न निर्देशन दिँदै उहाँले सशस्त्र प्रहरी कर्मचारीहरू अस्थायी संरचना र भाडाको घरमा बसेको स्मरण गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सशस्त्र प्रहरी बलसँग सम्बन्धित कानुनी विषयहरू बदलिँदो परिवेश अनुसार समसामयिक परिमार्जन गर्नुपर्छ । सरकारले तोकेको जिम्मेवारी प्रभावकारी ढंगले पुरा गर्न मौजुदा दरबन्दी पुनर्संरचना गर्ने गर्न मन्त्रालयको पहलकदमीमा कुनै कमी हुँदैन । भ्रष्टाचार र आर्थिक अनुशासनका सवालमा कुनै पनि सम्झौता नगरी निर्मम रूपमा प्रस्तुत हुन निर्देश गर्दछु । भौतिक पूर्वाधार निर्माण र संगठनको क्षमता बढाउने विषयमा गृहमन्त्रालयको तर्फबाट आवश्यक सहयोग रहन्छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । भक्तपुर नगरपालिका-९ ब्रम्हायणीमा आइतबार साँझ चोरी भएको छ । प्रहरीका अनुसार सो ठाउँमा डेरा गरी बस्ने

काठमाडौँ, १० असार । सशस्त्र प्रहरी बलका १८ जना एसपी र २ सय ३७ जना डीएसपीहरुलाई सरुवा गरिएको छ ।

काठमाडौँ, १० असार । सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी

काठमाडौँ, १० असार । बर्दियामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार गेरुवा गाउँपालिका–३