राष्ट्रियसभाबाट दुई विधेयक पारित

काठमाडौँ, २१ चैत । राष्ट्रियसभा बैठकबाट दुई विधेयक पारित भएको छ ।

मंगलबार बसेको बैठकले सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ र सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७ पारित गरेको हो ।

सार्वजनिक सेवा प्रसारण विधेयकमा सरकारी सञ्चार माध्यमको रुपमा रहेका नेपाल टेलिभिजन र रेडियो नेपाललाई एकै प्रसारण संस्थामा गाभेर सार्वजनिक सेवा प्रसारण संस्था निर्माण गर्ने उल्लेख छ । यी विधेयकहरू तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले दर्ता गराएको थियो । सरकारको तर्फबाट तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले दर्ता गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ बैशाख । नेकपा (माओवादी केन्द्र) ले शिक्षकहरूले एक महिनादेखि विभिन्न माग राखेर गरेको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ ।

काठमाडौँ, १५ बैशाख । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बस्नका लागिमात्रै सरकार नबनेको बताएका छन् । आज काठमाडौँमा भएको एक

काठमाडौँ, १५ बैशाख । नेकपा (एमाले)का सांसद सूर्य थापाले शिक्षामन्त्री रघुजी पन्तलाई शिक्षा विधेयकबारे संसद्‌बाट जानकारी गराउन माग गरेका छन् ।

काठमाडौँ, १५ वैशाख । लगानी बोर्डले रणनीतिक कार्ययोजना स्वीकृत गरेको छ । बोर्ड कार्यालयको प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली नियुक्त भएपछि