अस्ट्रेलियाका एक नागरिकको खुम्बुमा मृत्यु

सोलुखुम्बु, २१ चैत । सोलुखुम्बुको खुम्बु क्षेत्रमा एक अस्ट्रेलियाली नागरिकको मृत्यु भएको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिका–२ रात्माटेमा ६३ वर्षीय भ्यालेन्स फिलिप्स थोमसको सोमबार मृत्यु भएको पर्यटक प्रहरी कार्यालय लुक्लाले जनाएको छ । कार्यालयका इन्चार्ज प्रहरी नायब निरीक्षक पूर्ण दाहालका अनुसार आइतबार नै रामेछापको मन्थलीबाट लुक्ला विमानस्थल ओर्लिएका थोमस त्यहाँबाट सङ्खुवासभा जाने तयारीमा थिए ।

हिँड्दै गर्दा उकालो बाटोमा ढलेका उनको उपचारको क्रममा निधन भएको उनले बताए । थोमससहित ३ अस्ट्रेलियाली नागरिक नेपाली पथप्रदर्शक योग्यबहादुुर कार्कीको नेतृत्वमा लुक्लाबाट मेरा पिक हुँदै सङ्खुवासभाको तुम्लिङटारतर्फ अघि बढेका थिए । शवको कानूनी प्रक्रिया पूरा गरिएको छ ।

उनको शव मंगलबार हेलिकप्टरमार्फत काठमाडौँ लैजाने तयारी रहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२०आई शृंखलाअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज स्कटल्याण्डसँग खेल्दै छ । खेल ग्लासग्लोमा

काठमाडौँ, २ असार । नेपाली क्रिकेट टिमले सोमबार त्रिकोणात्मक टी–२० सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्सको सामना गर्दैछ। स्कटल्यान्ड भ्रमणमा रहेको नेपालले सिरिजको

काठमाडौँ, ३१ जेठ । स्कटल्याण्डमा भोलिदेखि शुरू हुने त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाका लागि नेपालको टोली घोषणा भएको छ । नेपाली राष्ट्रिय

काठमाडौँ, ३० जेठ । बङ्गलादेशमा अर्को महिना हुने साफ २० वर्षमुनिको वुमन्स च्याम्पियसिपमा नेपालसहित चार टोलीले मात्र सहभागिता जनाउने भएका छन्