फेसबुक ह्याक गरेर अश्लील फोटो र भिडियो राख्ने पक्राउ

काठमाडौँ, १९ चैत । सामाजिक सञ्जाल फेसबुक ह्याक गरेर अश्लील फोटो र भिडियो राखेर चरित्र हत्या गर्ने कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरीका अनुसार अध्ययनको सिलसिलामा विदेश गएकी महिलालाई  दैनिक फोन तथा म्यासेज गरेर धाकधम्की दिने तथा  फेसबुकसमेत ह्याक गरी अश्लील फोटो तथा भिडियोहरु राख्ने तथा पीडितको सामाजिक सञ्जाल फेसबुकसँग जोडिएका सम्पूर्ण व्यक्तिहरुलाई पठाउने गरेको उजुरी प्रहरीमा परेको थियो । 

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मोरङको धनपालथान गाउँपालिका वडा नम्बर ४ का दिपेश लोहनीलाई पक्राउ गरेको हो । यसबारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ जेठ । पछिल्लो २४ घण्टामा थप ३ कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा संक्रमितको संख्या ११ लाख

काठमाडौँ, १७ जेठ । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन १५ सय

काठमाडौँ, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चार दिने भारत भ्रमणका लागि प्रस्थान गरेका छन् ।   प्रधानमन्त्री

काठमाडौँ, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।  आज बिहान राष्ट्रपति