परिसूचक नेप्सेमा २० अंकको गिरावट

काठमाडौँ, १९ चैत । सेयर बजार परिसूचक नेप्सेमा आज १.०५ प्रतिशतको गिरावट भएको छ ।

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्सेमा २० अंकको गिरावट हुँदा १८८८.५५ अंकमा बन्द भएको छ । बजारलाई लिड गर्ने बैंकिङ सहित सबै उपसूचकमा गिरावट हुँदा नेप्से दोहोरो अंकले घटेको छ ।

व्यापार उपसूचक सर्वाधिक २.५८ प्रतिशतले गिरावट हुँदा हाइड्रोपावर उपसूचक १.६३ प्रतिशतले गिरावट भएको छ । यस्तै बैंकिङ उपसूचक १.०८ प्रतिशतले गिरावट भएको हो । आइतबार १ अर्ब २० करोड ७१ लाख रुपैयाँको कारोबार भएको छ । ३२ हजार ४१४ वटा कारोबारमा ३७ लाख ८७ हजार २४१ कित्ता सूचीकृत धितोपत्र कारोबार हुँदा उक्त रकमको सेयर कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ जेठ । पछिल्लो २४ घण्टामा थप ३ कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा संक्रमितको संख्या ११ लाख

काठमाडौँ, १७ जेठ । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन १५ सय

काठमाडौँ, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चार दिने भारत भ्रमणका लागि प्रस्थान गरेका छन् ।   प्रधानमन्त्री

काठमाडौँ, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।  आज बिहान राष्ट्रपति