काठमाडौँ, १९ चैत । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो।
कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १४ करोड ४९ लाख ४९ हजार ४० हजार रुपैयाँ बराबरको १४ लाख ४९ हजार ४०० कित्ता साधारण सेयर निष्कासन लागेको हो । जसमध्ये ८० हजार ७० कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि र ३२ हजार २८ कित्ता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरेको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको १३ लाख ३७ हजार ३०२ कित्ता सेयरका लागि आवेदन दिन सक्ने कम्पनीले प्रकाशित गरेको आहृवान पत्रमा उल्लेख छ ।