प्रधानमन्त्रीले टिचिङ पुगेर लिए राष्ट्रपतिको स्वास्थ्यबारे जानकारी

काठमाडौँ, १९ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यबारे जानकारी लिएका छन् । 

आज बिहान टिचिङ अस्पताल पुगेर स्वास्थ्य लाभको कामना गरेको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । “सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्युले आज बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्युलाई भेटी उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्नु भएको छ,” उनले फेसबुकमा लेखेका छन् । 

राष्ट्रपति पौडेल पेटमा समस्या देखिएपछि शनिबार अस्पताल भर्ना भएका थिए । 


प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सांसद हुन अयोग्य रहेको भन्दै परेको रिटमा आज सुनुवाइ

काठमाडौँ, १७ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । आज बिहान राष्ट्रपति पौडेलले विधेयक प्रमाणीकरण गरेको

काठमाडौँ, १७ जेठ । सार्वजनिक खरिद अनुमगन कार्यालयले २३ वटा कम्पनीलाई कालो सूचीमा राखेको छ । कालोसूचीमा परेकामा कलेज अफ

काठमाडौँ, १७ जेठ । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहले १० प्रतिशत विपन्नलाई निःशुल्क स्वास्थ्य सेवा नदिने काठमाडौँ महानगरभित्र रहेका अस्पताल