काठमाडौँ, १९ चैत । आज बजारमा सुन चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ६ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ८ हजार ६ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ८ हजार १ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।