प्रदेश सरकारलाई पूर्णता दिने मुख्यमन्त्री जम्कट्टेलको तयारी

काठमाडौँ, १९ चैत । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको छ ।

सत्ता साझेदार दलहरुबीच मन्त्रालयको भागबण्डा टुंगिएपछि मुख्यमन्त्री जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गर्न लाग्नुभएको हो । मुख्यमन्त्री जम्कट्टेलले आइतबारसाँझसम्म मन्त्रिपरिषद् विस्तार गर्नेगरी तयारी गर्नुभएको छ । बागमति सरकारबाट नेकपा (एमाले) बाहिरइसकेको छ । हाल एमालेको भागमा रहेको चार मन्त्रालय रिक्त छन् । त्यसअघि नै तीन मन्त्रालय रिक्त थियो । यसरी बागमती प्रदेशमा ७ वटा मन्त्रालय रिक्त रहेका छन् ।

रिक्त रहेका ७ मन्त्रालयमध्ये ५ जना नेपाली कांग्रेसबाट तथा नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीबाट १/१ जना मन्त्री नियुक्त गर्ने तयारी छ । ११ मन्त्रालय रहेको प्रदेशमा मन्त्रालय नबढ्ने गरी मन्त्रालयको भागबण्डा मिलाउने सहमतिअनुसार कांग्रेसले ५ वटा मन्त्रालय पाउने भएको हो । प्रदेश सरकारमा कांग्रेसको तर्फबाट संसदीय दलका नेता बहादुर लामाले नेतृत्व गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने कामसहितको २६ बुँदे सुझाव

काठमाडौँ, १५ चैत । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार्जिङ स्टेशनमा लगानी बढाउन लगानी कर्ताहरूलाई आह्वान गरेका छन्

काठमाडौँ, १५ चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेक्काबीच

काठमाडौँ, १५ चैत । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद डा. आरजु राणाको भारतमा शल्यक्रिया भएको छ । थाइराइड सम्बन्धी