नेविसंघको असन्तुष्ट समूह रिले अनशनमा: आमरण अनशन बस्ने चेतावनी

काठमाडौँ, १९ चैत । नेविसंघ अध्यक्ष दुजाङ शेर्पाको कार्यशैलीप्रति असन्तुष्ट नेविसंघको एक समूह पार्टी केन्द्रीय कार्यालय सानेपामा रिले अनशन बसेको छ ।

अध्यक्ष शेर्पाले स्ववियु निर्वाचनको बेला जथाभावी जिम्मेवारी तोकेको भन्दै ती निर्णयहरु खारेज गर्नुपर्ने र उनको म्याद सकिइसकेकाले नयाँ कमिटी गठन गर्नुपर्ने लगायत माग राख्दै असन्तुष्ट पक्षले शनिबारदेखि रिले अनशन सुरु गरेको हो । पहिलो दिन निश्चल महर्जन र अंशुल केसी अनशनमा बसेका थिए । केसीले रिले अनशनबाट पनि माग सम्बोधन नभए आमरण अनशन बस्ने चेतावनी दिए ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको २०७८ फागुन ३ गतेको निर्णयअनुसार काठमाडौंका दुजाङ शेर्पालाई नेविसंघको अध्यक्षमा र पर्वतका विद्वान गुरुङलाई नेपाल तरुण दलको अध्यक्षमा नियुक्त गरेका थिए । उनीहरूलाई स्थानीय, प्रदेश र प्रतिनिधि सभा निर्वाचनको परिणाम प्राप्त भएको मितिले तीन महिनाभित्र केन्द्रीय अधिवेशन सम्पन्न गरिसक्नुपर्ने जिम्मेवारी तोकिएको थियो ।

तोकिएको समयभित्र नेविसंघ अध्यक्ष शेर्पाले आफ्नो जिम्मेवारी पूरा नगरेकाले उनलाई पदमुक्त गरेर नयाँ कमिटी गठन गर्नुपर्ने र स्ववियु निर्वाचनताका उनले गरेका मनोनयन लगायतका निर्णय खारेज गर्नुपर्ने माग असन्तुष्ट पक्षले राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ जेठ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी सचिवालय बैठक आह्वान गरेका छन् । उपाध्यक्ष युवराज ज्ञवालीका

काठमाडौँ, १७ जेठ । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको

काठमाडौँ, १७ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । आज बिहान राष्ट्रपति पौडेलले विधेयक प्रमाणीकरण गरेको

काठमाडौँ, १७ जेठ । सार्वजनिक खरिद अनुमगन कार्यालयले २३ वटा कम्पनीलाई कालो सूचीमा राखेको छ । कालोसूचीमा परेकामा कलेज अफ