खाँडादेवीमा बलेरो दुर्घटना हुँदा एकको मृत्यु, सात घाइते

रामेछाप, १९ चैत । खाँडादेवी गाउँपालिका–१ राकाथुमको बेलपोखरी डाँडा (ठुटे पिपलबोट) मा बा१६च ३८२५ नंको बलेरो जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । 

शनिबार साँझ भएको सो दुर्घटनामा मृत्यु हुनेमा खाँडादेवी–७ का ३३ वर्षीय कर्मसिंह तामाङ रहेका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले जानकारी दिए । उनका अनुसार सो जिप  सडकबाट  करिब चार सय मिटर तल खसेको थियो । 
 
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । जिप सुनापति गाउँपालिकाको दिमीपोखरीबाट काठमाडौँ जाँदै गरेको थियो । घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । निजी स्रोतबाट अध्यापन गराइरहेका शिक्षकलाई तलब खुवाउन विद्यार्थीहरूबाट चर्को शुल्क असुलेको आरोपमा दुई जनाविरुद्ध शुक्रबार विशेष

धनगढी, १६ चैत । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएकी छिन्

काठमाडौँ, १६ फागुन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशमा उत्पादित पोशाक लगाउने

काठमाडौँ, १६ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । आज