नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौँ, १७ चैत । नवनियुक्त मन्त्रीहरूले आज शपथ लिएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा आयोजित कार्यक्रममा नवनियुक्त मन्त्रीहरूलाई शपथ खुवाएका हुन् । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का उपप्रधानमन्त्रीसहित रक्षा मन्त्री, नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ गृहमन्त्री, एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भूसाल कृषि तथा पशुपंक्षी विकास, जसपा नेता अशोककुमार राई शिक्षा, लोसपा नेता शरदसिंह भण्डारी श्रम, कांग्रेस नेता प्रकाशशरण महत अर्थ, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव महिला बालबालिका, माओवादी नेता शक्तिबहादुर बस्नेत ऊर्जा, माओवादीकी रेखा शर्मा सञ्चार, माओवादीकै सुदन किराती संस्कृति, माओवादीकै अमनलाल मोदी संघीय मामिला, एकीकृत समाजवादीका प्रकाश ज्वाला भौतिक, नागरिक उन्मुक्तिकी रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, कांग्रेसका रमेश रिजाल उद्योग, कांग्रेसकी सीता गुरूङ सहरी विकास, संस्कृति राज्यमन्त्री माओवादीकी सुशीला सिर्पाली ठकुरी मन्त्री बनेका छन् ।

नेपाली कांग्रेसले ८ मन्त्रालय पाएकोमा ४ मन्त्री अझै पठाएको छैन । प्रधानमन्त्री पुष्पकमल दाहालले कानून, परराष्ट्र, युवा तथा खेलकुद, वन र स्वास्थ्य मन्त्रालय आफैँसँग राखेका छन् । यसैबीच आज जनमत पार्टीका अब्दुल खानले पनि खानेपानी मन्त्रीबाट राजीनामा दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० माघ । चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मोटरसाइकल चालक रत्ननगर नगरपालिका-५

काठमाडौँ, ३० माघ । प्रत्येक वर्ष माघ शुक्ल चतुर्दशीका दिन मनाइने पशुपतिनाथको छाया दर्शन पर्व मंगलबार पशुपति क्षेत्रमा विशेष रुपमा

काठमाडौँ, ३० माघ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । गाजर(तराई) (केजी)

काठमाडौँ, ३० माघ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ । पौष शुक्ल