वैदेशिक रोजगारीमा ठगी दोब्बर

काठमाडौँ, १२ चैत । पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढेसँगै ठगीका घटनामा पनि वृद्धि भएको छ । गत आर्थिक वर्षको ८ महिनाको तुलनामा चालु आवमा वैदेशिक रोजगमारीका नाममा हुने ठगी दोब्बरले बढेको हो ।

वैदेशिक रोजगार विभागमा गत वर्ष २३ करोड २२ लाख रुपैयाँ बराबर व्यक्तिगत ठगी गरेको उजुरी परेको थियो । चालू आवको ८ महिनामा यो रकम ५५ करोड ९५ लाख रुपैयाँ पुगेको छ । विभागले सबै प्रकारका गुनासो तथा उजुरी लिने र यसको अनुसन्धानमा कडाई गर्न सुरु गरेपछि ठगी रकमसमेत बढेको हो ।

पछिल्लो समय नेपालबाट दैनिक औसतमा २ हजार भन्दा बढी युवा कामको खोजीमा विदेश जाने गरेका छन् । वैदेशिक रोजगारीमा जाने युवाको संख्या वृद्धिसँगै ठगीका घटना पनि बढेको उजुरीमा परेको रकमले देखाएको छ । यो समाचार आजको कारोबार दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले शुक्रवार शीतल निवासमा आयोजित एक समारोहका बिच आर्थिक वर्ष २०८०–०८१

काठमाडौँ, ४ असोज । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले अहिले राजनीति अपराधिकरण र फोहोरी खेल बढेर गएको बताएका

काठमाडौँ, ४ असोज । रास्वपा सभापति रवि लामिछानेसँग संसदीय विशेष समितिले लिएको बयानसहितको प्रतिवेदन सार्वजनिक भएको छ । संसदीय समितिले

काठमाडौँ, ४ असोज । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीलाई डेंगु सङ्क्रमण भएको छ । सङ्क्रमित मन्त्री अधिकारी अहिले