संविधानको संरक्षण प्रमुख दायित्व र कर्तव्य : राष्ट्रपति पौडेल

काठमाडौँ, १२ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पालना र संरक्षण गर्ने विषय अब आफ्नो प्रमुख दायित्व र कर्तव्य हुने बताएका छन् । नेपाल बार एशोसिएसनको प्रतिनिधिमण्डलसँग शनिबार भएको भेटमा राष्ट्रपति पौडेलले सो कुरा बताएका हुन् ।

राष्ट्रपति पौडेलले संविधान निर्माण गर्ने प्रक्रियामा समेत रहेर काम गर्ने अवसर प्राप्त भएकाले संविधानले राष्ट्रपतिलाई दिएको काम, कर्तव्य र अधिकारप्रति आफू सचेत नै रहेको बताए । राष्ट्रपति पौडेलले भने, “संविधानको अक्षर र भावनाको मर्मअनुरुप कानुनका जानकारहरूले काम गर्न सुझाव र सल्लाह दिनुहोला ।”

नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेलगायत पदाधिकारी तथा कार्यसमिति सदस्यहरूले राष्ट्रपति पौडेललाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ फागुन । सत्तापक्षका केही दलको साथ नपाएपछि सरकारले भूमिसम्बन्धी अध्यादेश तत्काल अघि नबढाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा

काठमाडौँ, ४ फागुन । बागमती प्रदेश सरकारले आफ्ना यातायात व्यवस्था कार्यालयमा रहेका करिब २३ लाख सवारी साधनका ढड्डा, फाइल तथा

हेटौँडा, ३ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश र जनताप्रति इमानदार भएर

काठमाडौँ, ३ फागुन । पोखरा भ्रमण वर्ष घोषणा कार्यक्रममा उडाउन लागिएको बेलुनको गुच्छा पड्किँदा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल घाइते