भागबन्डा मिलाउन नसक्दा मन्त्रिपरिषद् विस्तार पेचिलो बन्दै

काठमाडौँ, १२ चैत । सत्तारूढ दलबीच भागबन्डाको कुरा नटुंगिएकाले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ । विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने उद्घोष गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भागबन्डा मिलाउनै सकस परिरहेको छ ।

प्रधानमन्त्री प्रचण्डलाई ६ चैतमा विभिन्न ११ दलले विश्वासको मत दिएका थिए । विश्वासको मत लिने अघिल्लो दिनसम्म प्रचण्डले विश्वासको मत पाएका दुई/तीन दिनभित्रमा मन्त्रिपरिषद् विस्तार गर्ने बताएका थिए । विश्वासको मत दिने सबै दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा रहेका प्रचण्डलाई सबैलाई भागबन्डा पुर्‍याउन समस्या भएको छ ।

सरकारलाई विश्वासको मत दिएका प्रमुख एवं ठूला दलले ‘मालदार’ मन्त्रालयमा दाबी गरेपछि ढिलाइ भएको हो । साना दलले समेत भाग खोज्दै ‘राम्रा’ मन्त्रालय पाउनै पर्ने अडान लिएका छन् । सोही कारण मन्त्रिपरिषद्मा ढिलाइ भएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कच्चा दूधमा बर्ड फ्लूको भाइरस ‘एचफाइभ एनवान’ सङक्रमण भेटिएको जनाएको छ ।

काठमाडौँ, ८ बैशाख । गुगलले नयाँ फिचर ल्याएको छ लामो समयदेखि । अहिले गुगलले आफ्नो गुगल मेसेजेजको लागि धेरै सुविधाहरू

काठमाडौँ, ८ बैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान गरेको छ ।   नेपाल

काठमाडौँ, ८ बैशाख । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका