बुटवल, ११ चैत । पूर्व अर्थमन्त्री विष्णु पौडेलले नेपालमा राजश्व संकलनको अवस्था ५० वर्षयताकै निराशाजनक रहेको बताएका छन् ।
आज बुटवलमा आयोजित एक कार्यक्रममा बोल्दै पौडेलले अहिलेको राजश्वले साधारण खर्च समेत धान्न नसक्ने बताए । उनले भने, ‘२०२४/२०२५ सालमा अघिल्लो वर्षको तुलनामा नगन्य मात्रामा कम राजश्व संकलन भएको इतिहास छ, सोही घटना चालु आर्थिक वर्षमा दोहोरिएको छ ।’ मुलुकको संकटपूर्ण आर्थिक अवस्थालाई मध्यनजर गरेर जिम्मेवार दलहरु सत्ता पक्ष र प्रतिपक्षको हिसाबले नभई संकट समाधानका लागि सबै दल साझा धारणा बनाएर लाग्नुपर्ने पौडेलले आग्रह गरे ।