बाघ देखिएपछि स्थानीयवासी त्रसित

कैलाली, ११ चैत । कैलालीको धनगढी उपमहानगरपालिका–३ बडहरामा लालझाडीसँगै जोडिएका सामुदायिक वनमा बाघ देखिन थालेपछि स्थानीयवासी त्रसित भएका छन् ।

तीन दिनदेखि आदर्श सामुदायिक वन, ज्ञान ज्योति, प्रगति र मोहना वन बाटिका सामुदायिक वनमा बाघले आवातजावत गरिरहेको स्थानीयवासीले बताउँदै आएका छन् । धनगढी उपमहानगरपालिका–३ का वडाध्यक्ष राजबहादुर ऐरले एउटा बाघ आफ्ना दुई डमरुसहित बडहरा बस्तीसँगै जोडिएको सामुदायिक वनमा रहेको बताए । तीन दिनदेखि सोही क्षेत्रमा बाघले आवातजावत गरिरहेको उनको भनाइ छ । सामुदायिक वनमा दैनिक बाघ देखिन थालेपछि स्थानीयवासी बासिन्दा त्रसित भएको उनले बताए ।

धनगढीसँगै जोडिएको कञ्चनपुर पुनर्वास नगरपालिकाकी एक महिलाको शुक्रबार बाघको आक्रमणबाट मृत्यु भएपछि स्थानीयवासी थप त्रसित भएका छन् ।  नेपाल–भारत सीमामा पर्ने भारतको दुधुवा नेशनल पार्कमा बाघको आक्रमणबाट पुनर्वासकी ३२ वर्षीया कलसा सार्कीको मृत्यु हो । बुधबार राति धनगढी–३ लालझाडी क्षेत्रको मोहना नदी किनार, भन्सार, मसान टोल क्षेत्रमा बाघ कराउँदै गरेको स्थानीयवासीले बताएका थिए । बाघ कराउँदै गरेको स्थानीयवासीले थाहा पाएपछि सुरक्षाकर्मीलाई खबर गरेको र असुरक्षित महसुस गर्दै आगो बालेर धपाएका थिए । आज धनगढी–३ स्थित प्रस्तावित बसपार्क पछाडि बच्चासहितको बाघ हिँड्डुल गर्दै र कराउँदै गरेको अवस्थामा देखिएको वडाध्यक्ष ऐरले जानकारी दिए । उनले दैनिक जसो बाघ देखिएकाले नदी किनार तथा वन जङ्गल जाँदा सुरक्षित रहन अनुरोध गरे । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ वैशाख । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल सदैव आतंकवादको विपक्षमा रहेको र जुनसुकै प्रकार र प्रकृतिको आतंकवादको

बुटवल, १३ बैशाख । अन्तर्राष्ट्रिय सांस्कृतिक फेस्टिभल र सेमिनारको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी आएका छन् । नेपाल र

काठमाडौँ, १३ वैशाख । एमालेका तत्कालीन अध्यक्ष, नेपालका प्रथम कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको आज २६ औं स्मृति दिवस विभिन्न कार्यक्रम

काठमाडौँ, १३ वैशाख । पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोलको निधन भएको छ । नेपाली कांग्रेस काठमाडौंका पूर्व सभापति डंगोलको गए राति निधन भएको