काठमाडौँ, १० चैत । सरकारले नेपाल प्रहरीको ३०औं प्रहरी महानिरीक्षक (आईजीपी) मा वसन्त बहादुर कुँवरलाई नियुक्त गरेको छ ।
शुक्रबार बालुवाटरमा बसेको मन्त्रिपरिषद्को बैठकले गृह मन्त्रालयको प्रस्तावमा कुँवरलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिनुभयाे । वर्तमान आईजीपी धिरज प्रताप सिंहले आज मध्यरातबाट अनिवार्य अवकाश पाउन लागेपछि सरकारले आजै नयाँ आईजीपी नियुक्ति गरेकाे हाे ।
आईजीपी बढुवामा कुँवरसहित एआईजी टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य प्रतिष्पर्धामा थिए । तर, सरकारले वरियता क्रममा १ नम्बरमा रहेका कुँवरलाई महानिरीक्षकमा बढुवा गरेको हो ।