बागमती प्रदेश सरकारबाट एमालेका मन्त्रीको राजीनामा

हेटौँडा, १० चैत । बागमती प्रदेश सरकारका चार जना मन्त्रीले आज राजीनामा दिनुभएको छ ।

प्रदेशसभाको आजको बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलिया, श्रम रोजगार तथा यातायातमन्त्री एकालाल श्रेष्ठ, स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ र कृषि तथा पशुपन्छी विकासमन्त्री केशवप्रसाद पोखरेलले राजिनामा दिनुभएको छ ।

प्रदेशसभामा बोल्दै नेता थपलियाले निर्वाचनपश्चात पाँचदलीय चुनावी गठबन्धन, सरकार गठन गर्न असफल रही सरकार गठनमा अन्योल सिर्जना भएको तत्कालीन अवस्थामा एमालेले बागमती प्रदेशमा मुख्यमन्त्री शालिकाराम जम्कट्टेलको नेतृत्वमा सरकार बनाउन अभिभावकीय र नेतृत्वदायी भूमिका खेलेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

नुवाकोट, १ बैशाख । नुवाकोट जिल्ला शिवपुरी गाउपालिका वडा नं. १ मा नयाँ वर्षको उपलक्ष्यमा सदाको वर्ष झै भगवान माङ्चेभुमेको

भक्तपुर, १ बैशाख । भक्तपुरको मध्यपुर थिमीमा दुई जनाको मृत्यु भएको छ । मध्यपुरठिमी नगरपालिका वडा नं. ९ निकोसेरा स्थित

पोखरा, १ बैशाख । विद्यालय हाताभित्रको रुख काटेर बेचेको अभियोगमा पोखराको गण्डकी बोर्डिङ स्कुलका प्रधानाध्यापकसहित ८ जनालाई जिल्ला अदालत कास्कीमा

रौतहट, १ बैशाख । रौतहटको सदरमुकाम गौर नगरपालिकाबाट स्रोत नखुलेको ११ लाख भन्दा बढी रुपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको