काठमाडौँ प्लाजा भाडामा लिन महानगरपालिका र ट्रष्टबीच सम्झौता

काठमाडौँ, ९ चैत । काठमाडौँ प्लाजा भाडामा लिन काठमाडौँ महानगरपालिकाले नेपाल ट्रष्टसँग सम्झौता गरेको छ ।

बुधबार नेपाल ट्रष्टका कार्यकारी सचिव सरजुकुमार वैद्यको रोहबरमा महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी र ट्रष्टका सहसचिव विष्णुप्रसाद ढकालले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता १० वर्षका लागि हुने छ भने ५ वर्षपछि १० प्रतिशतले भाडा वृद्धि हुनेछ । सम्झौता बमोजिम मर्मत महानगर आफैँले गर्नेछ । बाहिरी संरचनामा कुनै हेरफेर नगरिने सम्झौतामा उल्लेख छ ।  

२०७२ को भूकम्पले बागदरबार भवन जीर्ण भएपछि महानगरले जेडिए कम्प्लेक्सबाट सेवा सञ्चालन भइरहेको छ । यस स्थानमा सबै विभाग नअटाएपछि विभागहरूलाई फरक–फरक ठाउँमा राखिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कच्चा दूधमा बर्ड फ्लूको भाइरस ‘एचफाइभ एनवान’ सङक्रमण भेटिएको जनाएको छ ।

काठमाडौँ, ८ बैशाख । गुगलले नयाँ फिचर ल्याएको छ लामो समयदेखि । अहिले गुगलले आफ्नो गुगल मेसेजेजको लागि धेरै सुविधाहरू

काठमाडौँ, ८ बैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान गरेको छ ।   नेपाल

काठमाडौँ, ८ बैशाख । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका