आठ महिनामा व्यापार घाटा ९ खर्ब ५३ अर्ब

काठमाडौँ, ९ चैत । गत साउनदेखि फागुनसम्म आठ महिनाको अवधिमा मुलुकको व्यापार घाटा ९ खर्ब ५३ अर्ब ५८ करोड रूपैयाँबराबर रहेको छ ।

भन्सार विभागका अनुसार ८ महिनाको विवरणअनुसार यो व्यापार घाटा गत वर्षको सोही अवधिको तुलनामा १७.८६ प्रतिशत कम हो । गत वर्ष यसै अवधिमा ११ खर्ब ६० अर्ब ९८ करोड ८७ लाख रूपैयाँबराबरको व्यापारघाटा भएको थियो ।

चालू आवको पहिलो ८ महिनामा १० खर्ब ५८ अर्ब ३८ करोड ५५ लाख रूपैयाँको आयात भएको छ भने १ खर्ब ४ अर्ब ७९ करोड ६१ लाख रूपैयाँबराबरको निर्यात भएको छ । आयात गत वर्षको सोही अवधिको तुलनामा १९.१३ प्रतिशत कम हो भने निर्यात २९ प्रतिशत कम हो ।

गत वर्षको साउनदेखि फागुनसम्ममा १३ खर्ब ८ अर्ब ७३ करोड ४८ लाखको आयात भएको थियो भने १ खर्ब ४७ अर्ब ७४ करोड ४६ लाख रूपैयाँको निर्यात भएको थियो । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदन छलेर अध्यादेश ल्याउनु उचित नभएको बताएका

काठमाडौँ, ३ माघ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा दुर्लभ पक्षाघातको उपचारमा प्रयोग हुने निकै महँगो औषधी निःशुल्क उपलब्ध

काठमाडौँ, ३ माघ । गृहमन्त्री रमेश लेखकले नेकपा एमालेसँगको सत्ता सहयात्रामा कुनै समस्या नभएको दाबी गरेका छन् । आज पार्टी

काठमाडौँ, ३ पौष । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले सदनमा थन्किएर बसेको शिक्षा विधेयक निर्माणका लागि छलफललाई तीव्रता दिएको छ ।