पेट्रोल खाँदा २१ महिने बालकको मृत्यु

दोलखा, ८ चैत । पेट्रोल सेवन गरेका दोलखा कालिन्चोक गाउँपालिका वडा नम्बर–९, सुन्द्रावतीका एक नाबालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार सुन्द्रावती निवासी मुरारी सेढाईका २१ महिने छोरा सक्षम सेढाईको मृत्यु भएको हो । उक्त परिवार हाल सिंगटीमा पसल सञ्चालन गर्दै आएका थिए । नाबालकले कोठामा राखिएको पेट्रोल पिएका थिए । त्यसपछि नाबालकको अवस्था गम्भीर बनेको थियो । बाइकमा प्रयोग गरेर बाँकी रहेको पेट्रोल पाइप सहित कोठामा राखिएकोमा वालकले सेवन गरेको बताइएको छ । 

पेट्रोल सेवन गरेर गम्भीर भएका बालकलाई उपचारका लागि दोलखा स्थित धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

चितवन, ७ वैशाख । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले बन्द हुन पुगेका र रुग्ण अवस्थाका उद्योग सञ्चालनका

काठमाडौँ, ७ वैशाख । नेपाल एसीसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधि होडबाट बाहिरिएको छ । ओमानमा जारी उक्त प्रतियोगिताको

काठमाडौँ, ७ वैशाख । चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म ग्लोबल आइएमई बैंकको नाफा २४.१३ प्रतिशतले घटेको छ । गत

ललितपुर, ७ वैशाख । महिला,  बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले सडक बालबालिका मुक्त घोषणा गर्नेगरी काम गर्न निर्देशन