प्रदेशलाई मध्यावधिमा जानबाट रोक्न कांग्रेस दलका नेताको आग्रह

काठमाडौँ, ८ चैत । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले सत्ता गठबन्धनका तीन शीर्ष नेतालाई भेटेर प्रदेशलाई मध्यावधिमा जानबाट रोक्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई छुट्टा छुट्टै भेटेर उनले कोशी प्रदेशलाई मध्यावधिमा जानबाट रोक्न आग्रह गरेका हुन् ।

‘मध्यावधिमा जानबाट रोक्नुहोस, शीर्ष नेताहरु बसेर निकास दिनुहोस् भनेका छौं,’ थापाले भने, ‘दुवै पक्ष(गठबन्धन)ले बहुमत पाउने अवस्था छैन, विकल्प निकाल्नुहोस् भनेका छौं ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

चितवन, ७ वैशाख । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले बन्द हुन पुगेका र रुग्ण अवस्थाका उद्योग सञ्चालनका

काठमाडौँ, ७ वैशाख । नेपाल एसीसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधि होडबाट बाहिरिएको छ । ओमानमा जारी उक्त प्रतियोगिताको

काठमाडौँ, ७ वैशाख । चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म ग्लोबल आइएमई बैंकको नाफा २४.१३ प्रतिशतले घटेको छ । गत

ललितपुर, ७ वैशाख । महिला,  बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले सडक बालबालिका मुक्त घोषणा गर्नेगरी काम गर्न निर्देशन