विभिन्न स्थानमा तीन जना मृत फेला

काठमाडौँ, ८ चैत । विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला परेका छन् ।

प्रहरीका अनुसार भक्तपुर नगरपालिका-२ व्यासी औद्योगिक क्षेत्रमा रहेको सोभुगाड नेपाल दुधडेरीमा काम गर्ने सुर्यबिनायक नगरपालिका-७ बाराहीस्थान बस्ने शंखुवासभा स्वाटी घर भएका ६४ वर्षीय तुलाराम तामाङ मृत अवस्थामा फेला परेका छन् । 

यसैगरी धनुषाको मिथिला नगरपालिका-३ हरिहरपुरस्थित गोठमा जनकपुर उपमहानगरपालिका-१० देवी चोक बस्ने ६५ वर्षीय जोगी यादव मंगलबार मृत अवस्थामा फेला परेका छन् ।  संखुवासभाको खादबारी नगरपालिका-९ तुम्लिङटार मनकामनास्थित अरुण नदीको किनारमा पनि अन्दाजी ३० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।     

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदन छलेर अध्यादेश ल्याउनु उचित नभएको बताएका

काठमाडौँ, ३ माघ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा दुर्लभ पक्षाघातको उपचारमा प्रयोग हुने निकै महँगो औषधी निःशुल्क उपलब्ध

काठमाडौँ, ३ माघ । गृहमन्त्री रमेश लेखकले नेकपा एमालेसँगको सत्ता सहयात्रामा कुनै समस्या नभएको दाबी गरेका छन् । आज पार्टी

काठमाडौँ, ३ पौष । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले सदनमा थन्किएर बसेको शिक्षा विधेयक निर्माणका लागि छलफललाई तीव्रता दिएको छ ।