विभिन्न स्थानमा तीन जना मृत फेला

काठमाडौँ, ८ चैत । विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला परेका छन् ।

प्रहरीका अनुसार भक्तपुर नगरपालिका-२ व्यासी औद्योगिक क्षेत्रमा रहेको सोभुगाड नेपाल दुधडेरीमा काम गर्ने सुर्यबिनायक नगरपालिका-७ बाराहीस्थान बस्ने शंखुवासभा स्वाटी घर भएका ६४ वर्षीय तुलाराम तामाङ मृत अवस्थामा फेला परेका छन् । 

यसैगरी धनुषाको मिथिला नगरपालिका-३ हरिहरपुरस्थित गोठमा जनकपुर उपमहानगरपालिका-१० देवी चोक बस्ने ६५ वर्षीय जोगी यादव मंगलबार मृत अवस्थामा फेला परेका छन् ।  संखुवासभाको खादबारी नगरपालिका-९ तुम्लिङटार मनकामनास्थित अरुण नदीको किनारमा पनि अन्दाजी ३० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।     

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ माघ । ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दैलेखको दुल्लु नगरपालिका–१ नाउले गाउँका २० वर्षीय दीपक नेपाली

काठमाडौँ, ९ माघ । काठमाडौँ उपत्यकाको बूढानीलकण्ठ र ललितपुरको ललितपुर महानगरपालिका-९ भोल ढोकामा चोरी भएको छ । दुई ठाउँमा गरी

काठमाडौँ, ९ माघ । रौतहटमा दुई वटा मोटरसाइकल एकआपसम ठोक्किँदा दुई युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार गौर-पिपरा सडकखण्डको राजदेवी

काठमाडौँ, ९ माघ । बाजुराको त्रिवेणी नगरपालिकामा बाटोमा लडेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा सोही नगरपालिका–९